स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नजिक, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट )

काठमाडौं , विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शनिवार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार १ सय ४६ पुगेको छ भने संक्रमितको संख्या ६८ लाख ४४ हजार ७ सय ९७ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३३ लाख ४८ हजार ८ सय ६० जना उपचारपछि निको भएका छन् ।

Advertisement

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ११ हजार ३ सय ९० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १९ लाख ६५ हजार ७ सय ८ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ७ लाख ३८ हजार ६ सय ४६ जना निको भइसकेका छन् ।

Advertisement

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३५ हजार ४७ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ४६ हजार ६ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ७ सय ७४ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३४ हजार ५ सय ३१ पुगेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article