स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

इनरुवा अस्पतालमा डेलिभरी सेवा दिने स्वास्थ्यकर्मीहरु सम्मानित

कमला भट्टराई- झापा / झोडा फडानी भए सगै स्थापना भएको इनरुवा अस्पतालमा एक वर्ष अगाडीदेखी शुरु गरिएको सिजेरियन डेलिभरी सेवाका स्वास्थ्यकर्मीलाई शनिवार सम्मान गरिएको छ ।

Advertisement

प्रदेश एक सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा इनरुवा अस्पतालमा सिईओएनसीमा सुरु गरिएको सिजेरियन डेलिभरी सेवाबाट एक वर्षको अवधीमा ६० जना गर्भवती महिलाले बच्चा शकुसल अप्रसन गरेर निकालीएको अवसरमा अस्पतालले विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको हो ।

Advertisement

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले स्त्री तथा प्रसुती रोग विशषेज्ञ डा बालकृष्ण साह लगायत प्रसुती विज्ञ डा प्रेक्षा लिम्बू, एनेस्थेटिस्ट सहायक प्रविण यादव, अजेन्द्र यादव, स्क्रव सिस्टर निशा मेहता, रेनु साह, का.स. संगिता बजगाई, स्विपर पुल्कित मरिक, ईमर्जेन्सी सेवाका सिअहेव गुणान्द झा, प्रशासन फाँटका उमेश गौतम, ईन्डोरकी ईन्दिरा गौतमलाई सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा इनरुवा नगरपालिकाका मेयर राजन मेहता, मेसु डा सन्तोष राई, अस्पताल विकास समितिका सदस्य रामप्रसाद मेहता, कानुन अधिकारी, नेकपाका नेता गोपी ढकाल, स्वास्थ्य संयोजक बसन्त सुवेदी लगायतको सहभागीता रहेको थियो । इनरुवा अस्पतालमा गर्भवती महिलाले सुत्केरी व्यथाले च्यापेपछि सेवा लिन आउने इनरुवा तथा आसपासका गर्भवती महिलाहरुले नर्मल डेलिभरी नहुने अवश्थामा इनरुवा बाहिरको निजी अस्पतालमा महड्डो शुल्क तिरेर बच्चा जन्माउन बाध्य हुदै आएका थिए ।

इनरुवा अस्पतालमा करार सेवामा कार्यरत डा बालकृष्ण साह नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले जोखिम मोलेर रक्त संचार सेवा बिना इनरुवा अस्पतालमा प्रदेश सरकारको सहयोगमा सिजेरियन डेलिभरी सेवा दिएपछि यस भेगका गर्भवती महिलाहरुले निशुल्क सेवा पाएका हुन ।

नर्मल डेलिभरी हुन नसकेको अवश्थामा पेटभित्र नै बच्चाले दिसा गरेमा, बच्चा निक्लने बाटो बन्द भएमा, बच्चाको तौल कम भएमा, बच्चा उल्टो बसेमा, बच्चा ठूलो भएमा वा अनियमित भएमा, गर्भवतीलाई उच्च वा कम रक्तचाप भएमा मधुमेह भएमा र कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा सिजेरियन डेलिभरी गराउने गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article