स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका २ युवालाई कोरोनो भाइरस संक्रमण : ३६०५ युवाहरू वैदेशिक रोजगारबाट घर फर्कदै

हल्दिवारी ,झापा । हल्दिवारी गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २३ र ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुस्टी भएको छ। स्वास्थ मन्त्रालयले सो कुराको पुस्टी गरेको हो ।

Advertisement

कोरोना संक्रमितहरु भारतको दिल्ली र आसामबाट आएको र उनिहरु सगै २८ जनाको स्वाब सड्ढलन गरि परिक्षणको लागी बिराटनगर पठाएकोमा २ जनामा कोरोना भाइरस पोजेटिभ आएको हल्दिवारी स्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले जानकारी दिनु भएको छ ।

Advertisement

कोरोना भाइरस संक्रमितहरुलाई थप स्वास्थ सुरक्षाकलागी मोरङको गोठगाउँमा संचालित क्वारेन्टाइनमा लैजान समन्वय माथिल्लो निकायसग भइरहेको समेत स्वास्थ प्रमुख निरौलाले जानकारी दिनु भएको छ ।

हल्दिवारी गाउँपालिकामा वैदेशिक रोजगारीका लागी भारत ३११ जना गएको तथा अन्य मुलुक ३२९४ जना गएको वडाहरुको तयार गरेको पारम्भिक सड्ढलनले देखाएको समेत प्रमुख निरौलाले जानकारी दिनुभयो ।

भारत लगायत वैदेशिक रोजगारको लागी एका ३६०५ जना युवाहरूलाई नेपाल आएको खण्डमा कसरी राख्ने हो त्यो गम्भीर बिषय भएकोले सम्बन्धित निकायले समयमै सचेत हुन जरुरी देखिन्छ ?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article