साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता : “बनौँ है किसानी”

बिना रोका

दुई जात हाम्रो बुझौं है धरामा
मिलेरै बसेका सबै यै थलामा
खनेरै पखेरा गरेरै त खेती
उमारी अनाजै भरेका भकारी
१

असाध्यै रमायौ खनाएर बाँझो
छरेरै गरामा मकै ,धान ,कोदो
नराखौँ न बाँझो कसैले करेसो
अरूको भरेमा नपर्दा छ मेसो
२

झुलोस् धान खेतै भरी त्यो गरामा
सधै कर्म गर्दै बसौँ यै धरामा
बनाई कुलेसो लगाएर पानी
फलाएर अन्नै बनौं है किसानी
३

बिहानै उठेर गएँ खेतीबारी
हलो काँध हाली रमाएर साथी
नराखी नि भोकै सबै ती जहान
खुसीले रमेका भएरै किसान ।

४

बिना रोका
घोराही दाङ

 

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)