हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता : “बनौँ है किसानी”

बिना रोका

दुई जात हाम्रो बुझौं है धरामा
मिलेरै बसेका सबै यै थलामा
खनेरै पखेरा गरेरै त खेती
उमारी अनाजै भरेका भकारी

Advertisement

असाध्यै रमायौ खनाएर बाँझो
छरेरै गरामा मकै ,धान ,कोदो
नराखौँ न बाँझो कसैले करेसो
अरूको भरेमा नपर्दा छ मेसो

Advertisement

झुलोस् धान खेतै भरी त्यो गरामा
सधै कर्म गर्दै बसौँ यै धरामा
बनाई कुलेसो लगाएर पानी
फलाएर अन्नै बनौं है किसानी

बिहानै उठेर गएँ खेतीबारी
हलो काँध हाली रमाएर साथी
नराखी नि भोकै सबै ती जहान
खुसीले रमेका भएरै किसान ।

बिना रोका
घोराही दाङ

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)