समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बालिकाको उपचारमा थप आर्थिक सहयोग आवश्यक

 झापा/ आगेले जिउमा लगाएको कपडा जलेर छाती देखी पेट सम्मको भागको सबै छाला उक्किए गम्भिक्षर घाइते भएकी नडाहाकी बाँच वर्षिय बालिकाको घाउमा छाला टाल्ने शल्यकृया काठमाण्ठू स्थित वीर अस्पतालको ट्रमा सेन्टरमा गएको आइतवार सफलता पूर्वक भएको छ ।

Advertisement

बराहक्षेत्र नगरपालिका वडा ५ सिमरबन चौकका उमेश बिक र लक्ष्मी बिककी छोरी देवी बराइलीको उपचार आर्थिक अवस्था कमजोर भएकोले हुन सकिरहको थिएन् । दयनीय अवस्थामा ४ महिना वितेपछि विक दम्पतीले सञ्चार माध्यममा आर्थिक सहयोगको यचना गरेपछि सहयोग जुटाउन नरेश विकको संयोजकत्वमा ९ सदस्यीय देवी बराइली उपचार आर्थिक सहयोग समिति गठन भएको थियो ।

Advertisement

उक्त समितिले २ लाख १३ हजार रुपया संकलन गरेपछि बालिका लाई उपचारका लागि काठमाण्डू लगिएको थियो । बालिकाको शैल्यकृया सफल भएतापति उनको उपचार पुरा गर्न अझै रकम अभाव भएको काठमाण्डूमा उपचार कार्यमा सहयोग गर्दै आएका जनता समाजवादी पार्टीका नेता दलमर्दन कामीले जानकारी दिएका छन् । उनका अनुसार बालिका देवी बराइलीको तिघ्राको छाला शैल्यकृया गरी छाती, पेटको भागमा टालिएको हो ।

उपचारको क्रममा दैनिक १० हजार बराबरको खर्च भएको र अब करिब ३ हप्ता जति बालिका लाई अस्पतालमै राख्नु पर्ने भएको छ । बालिका पूर्ण रुपमा निको भइञ्जाल अस्पतालमा राख्दा दैनिक ३ हजार रुपया सम्म खर्च हुने बताँउदै उनले यस्को लागि थप करिब डेढ लाख रुपय जति लान सक्ने देखीएको छ ।

बालिकाको उपचारमा अस्पतालले ठूलो सहयोग गरेकोमा अस्पताललाई धन्यवाद दिनुपर्ने बताउँदै नेता दलमर्दनले थप सहयोगका लागि देवी बराईली उपचार सहयोग समिति अभिभावहरु आशावादी रहेको बताएका छन् । समितिका संयोजक नरेश बिकका अनुसार काठमाण्डू बाट थप करिब एक लाख रुपियाँ सहयोग आवस्यक भएको जानकारी दिर्दै बालिकाको उपचारमा सहयोग पु¥याउन सहृदयी दताहरुमा सार्वजनिक याचना गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article