हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३३५ ,ज्यान गुमाउनेको संख्या १८ पुग्यो

हल्दिवारी । नेपालमा शनिबार थप २ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नयाँ थपिएका संक्रमितमध्ये २४७ जना पुरुष र ३६ जना महिला रहेको बताए। नेपालमा पछिल्लो २४ घण्टामा ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९१३ पुगेको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ लाख २७ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको छ भने १ लाख ९० हजार ५८२ जनाको आरडीटी परीक्षण गरिएको छ । नेपालमा हालसम्म १ लाख ५० हजार ५४९ क्वारेन्टाइनमा रहेका छन् भने ४ हजार ४०४ जना आइसोलेसनमा रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)