इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । वुल्भ्स ह्याम्टन वान्डरसनलाई १- ० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो । म्यानचेस्टरका लागि खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले एक गोल गरेका थिए ।

अहिलेसम्म १५ खेल खेलेर दोस्रो स्थानमा पुगेको म्यानचेस्टरको ३० अंक रहेको छ । यस्तै पहिलो स्थानमा रहेको लिभरपुलको ३२ अंक रहेको छ । लेस्टर सिटी २९ अंकसहित तेस्रो स्थानमा रहेको छ । यस्तै आर्सनलले बाइन्टियमलाई १–० गोलले हराएको छ ।

गएराति नै भएको खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको छ । यस्तै साउथ ह्याम्टन र वेष्ट ह्यामबीचको अर्को खेल बराबरीमा सकिएको छ । लिड्स युनाइटेडले भने वेष्ट ब्रोमलाई ५- ० गोलले हराएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार