एजेन्सी । ११ दिन लामो रकेट र मिसाइल आक्रमणपछि इजरायल र प्यालेस्टाइन युद्धविराम भएको छ । इजरायलको सुरक्षा क्याबिनेटले गाजामा युद्धविरामका लागि अनुमति दिएको छ ।इजरायलले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युद्धविरामको प्रस्ताव क्याबिनेटमा आएको थियो, आपसी सहमति र विना शर्त यसलाई लागू गर्ने निर्णय भएको छ ।’
समाचार एजेन्सी रोयटर्सका अनसार हमासको तर्फबाट आधिकारिक विज्ञप्तिमा युद्धविरामको जानकारी दिँदै स्थानीयसमय अनुसार बिहान २ बजे ९नेपाली समयअनुसार बिहान पौने ५ बजे०देखि इजरायलसँग आपसी सहमतिमा युद्धविराम हुनेछ ।११ दिनदेखि भएको युद्धमा प्यालेस्टाइनमा १ सय भन्दा बढि महिला र बालबालिकासहित २ सय ३२ जनाको मृत्यु हुँदा इजरायलमा २ बालबालिकासहित १२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा २ बालबालिकासहित ११ प्यालेस्टाइनी मारिँदा १ सय ९० जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसाार युद्धका कारण ९१ हजार जना विस्थापित भएका छन् । गाजाका १६ हजार ८ सय घरमा क्षति हुँदा १८ सय घरमा बस्न नमिल्ने गरी क्षति पुगेको छ भने १ हजार भन्दा बढी घर पूर्ण ध्वस्त भएको छ ।युद्धविराम भएपछि प्यालेस्टाइनका सडकमा मानिसहरु निस्केर त्यसको उत्साह मनाएका छन् । उनीहरूले सडकमा निस्किएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
युद्धविराम भएपछि अन्तर्राष्ट्रिय समुदायले पनि त्यसको स्वागत गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युद्धविराम स्वागतयोग्य र महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनले यो महत्त्वपूर्ण कदमले सैयौं नागरिकको ज्यान जोगिएको उल्लेख गरे ।

















