अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्।
रेलवे स्टेशन नजिक रेलवे कर्मचारीको छलफल चलिरहेकै बेला ति बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेका थिए। बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















