समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

वैदेशिक रोजगार कार्यालयले हप्तामा तीन दिन श्रम स्वीकृति दिने

 वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले हप्तामा तीन दिन श्रम स्वीकृति दिने भएको छ । यसअघि हप्तामा दुई दिन आइतबार र बुधबार श्रम स्वीकृति दिने उक्त कार्यालयले कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार, मंगलबार र बिहीबार गरी हप्ताको तीन दिन श्रम स्वीकृति दिने निर्णय गरेको हो । सार्वजनिक बिदा परेमा भने श्रम स्वीकृति नदिइने कार्यालयले बताएको छ ।

Advertisement

नेपालमा कोरोना भाइरसको दोश्रो लहर फैलिएका कारण त्यसको रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा आदेश जारी भएपछि वैदेशिक रोजगार विभागको निर्देशनमा वैदेशिक रोजगार कार्यालय ताहाचलले भौतिकरुपमा उपस्थित भएर प्रदान गरिने श्रम स्वीकृतिको कार्य गत वैशाख १६ गतेदेखि स्थगित गरेको थियो ।

Advertisement

वैदेशिक रोजगार कार्यालय ताहाचलले बायोमिट्रक नभएका कामदार कर्मचारी उपस्थित गराएर पनि श्रम स्वीकृति दिइरहेको बताएको छ । बायोमोट्रिक गरेका कामदारहरुले अनलाइन माध्यमबाट श्रम स्वीकृति पाइरहेका कारण सकेसम्म कार्यलयमा उपस्थित नहुन आग्रह गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article