सुरुङ्गा – कनकाई नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न लालपानी पूर्व विद्यार्थी शैक्षिक विकास ट्रष्टद्धारा रु. २,०५,६११/- (अक्षरेपी रु. दुई लाख पाँच हजार छ सय एघार रुपैया) सहयोग गरेको छ ।
ट्रष्टका सहसचिव प्रदिप उप्रेतीले दिएको जानकारी अनुसार उक्त रकम नगर प्रमुख राजेन्द्र पोखरेल लाई ट्रष्टका अध्यक्ष नगेन्द्र सुवेदी ,सचिव खेम गौतम ,कोषाध्यक्ष मोहन कुमार प्रसाईं सहितको टोलिले हस्तान्तरण गरेको छ ।
झापा जिल्ला शिवसताक्षी नगरपालिकामा रहेको ” लालपानी पूर्व विद्यार्थी शैक्षिक विकास ट्रष्ट ” ले सामाजिक गतिविधि स्थापना कालदेखी नै गर्दै आएको र कोभिड – १९ को महामारीले सृजना गरेको यस विषम परिस्थितिमा समेत अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग पुर्याएको जनाएको छ ।
ट्रस्टले शिवसताक्षी वार्ड नम्बर ७ स्थित लालपानी माध्यमिक बिध्यालयमा अध्ययनरत बिध्यार्थिहरुको हितका निमित्त एउटा आर्थिक कोष स्थापना गरि काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार