समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिबारीमा युवा – विद्यार्थीको रक्तदान कार्यक्रममा ११२ जनाले गरे रक्तदान

हल्दिबारी – १४ असार ।जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा राष्ट्रिय युबा संघ नेपाल र अनेरास्ववियु हल्दिबारी गाउँ कमिटीको संयुक्त आयोजना तथा रक्त सञ्चार केन्द्र झापाको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कोभिड -१९ महामारी का कारण झापामा रगत अभाव भए पछी हल्दिबारीका दुई नेकपा एमालेका सङ्ग्ठनले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम मा १४ महिला सहित ११२ जना ले रक्तदान गरेको अनेरास्ववियु केन्द्रय  सदस्य बलराम गिरीले जानकारी दिए।
झापा श्रेत्र नम्बर ३ ‘क’ का प्रदेश सभा सदस्य वसन्त कुमार बानियाको प्रमुख अतिथित्यामा भएको रक्तदान कार्यक्रममा हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बर बहादुर गिरी लगायत जिल्ला स्तरिय नेता ,विद्यार्थी नेता तथा पार्टी सङ्गठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
नेकपा एमाले हल्दिबारी गाउँ कमिटीका इन्चार्ज नरेश चुडाल ,उधोग वाणिज्य संघ  सदस्य सुमन मैनालि लगायत ११२ जनाले रक्तदान गरेका हुन। हल्दिबारी गाउँपालिका भित्र अहिले सम्म आयोजना भएका रक्तदान कार्यक्रमहरु मध्य धेरै रक्तदाताबाट रक्तदान गर्ने पहिलो कार्यक्रम रहेको रक्त सञ्चार सेवा केन्द्रले जनाएको छ ।
युवा संघ हल्दिबारी कमिटीका अध्यक्ष शैलेन्द्र सिटौलाको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत मन्तव्य हल्दिबारी गाउँकमिटीका अध्यक्ष हरि गौतमले गर्नु भएको थियो भन्ने कार्यक्रमको सहजीकरण अनेरास्ववियु गाउँ कमिटी अध्यक्ष बिजय राईले गर्नु भएको थियो।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article