समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्री ज्यु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट हो ? : कांग्रेस प्रवक्ता शर्मा

 काठमाडौं १४ असार । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति आपत्ती जनाएका छन् । ओलीले बालुवाटारमा आयोजित मदन भण्डारीको ७० औं जन्मजयन्तीको एक कार्यक्रममा प्रचण्ड , शेरबहादर देउवा तथा माधव नेपालको कडा आलोचना गरेको थिए ।

Advertisement

प्रचण्ड पथमा देउवा उभिएको समेत आरोप लगाएका थिए । यही विषयमा प्रवक्ता शर्माले ट्वीटर मार्फत ओलीलाई प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? भन्दै प्रश्न गरेका छन् ।

Advertisement

उनले भनेका छन्,माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननिय प्रधानमन्त्री ज्यु विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्टझ ? ”

प्रवक्ता शर्माले लेखेका छन्–प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक रु साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र?अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननिय प्रधानमन्त्री ज्यु विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट ? ”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article