हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कचनकवलमा १ महिना नबित्दै ३५ जनालाई टोक्यो सर्पले ,२ वटा भेन्टिनेटर जडान गर्दै गाउँपालिका

बनियानी – नेपालकै होचो भुभागमा रहेको कचनकवल गाउँपालिकाले सर्पदम्स उपचार सेवा शुरु गरेपछि दक्षिणी भेगका नागरिकहरुले राहत महशुल गरेका छ्न । गाउँपालिका स्थित बनियानीमा रहेको स्वास्थ्य केन्द्रमा यहि असार ३ गतेबाट शुरुभएको सर्पदम्श उपचार केन्द्रमा आज २५ गते शुक्रबार सम्ममा ३६ जनालाई उपचार गरिएको गाउँपालिका अध्यक्ष अन्जार आलमले बताउनु भयो ।

Advertisement

अध्यक्ष आलमका अनुसार प्रत्येक बर्ष सर्पले टोकेर १०-१२ जनाको मृत्यु भइ रहेको अवस्थामा शुरु भएको सर्पदम्स उपचार केन्द्रले धेरै नागरिकको ज्यान जानबाट रोक्न सकिने भएकोमा आम कचनकवल बासी खुशी भएका छ्न ।

Advertisement

एक महिना बित्न नपाउदै ३५ नेपाली र एक भारतीय नागरिकको समेत उपचार गरि ज्यान जोगाउन सफल भएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादव बताउनु हुन्छ । उनका अनुसार ३६ जना मध्ये ५ जनालाई बिषालु सर्पले टोकेको थियोे भने ३१ जनालाई बीस नलाग्ने सर्पले टोकेर उपचार गर्न आई पुगेका थिए ।

भारतकै सिमानामा जोडिएको सर्पदम्स उपचार केन्द्रमा बिषालु सर्पले टोकेर ९ घण्टा पछि आइपुगेका भारतीय नागरिकलाई समेत केन्द्रमा उपचारगरि थपउपचार गर्न भेन्टिनेटरको आवश्यकता भएकोले बिएण्सी अस्पतालमा पुर्याएर बचाउन सकिएको केन्द्रले जनाएको छ । उनलाई बचाउन एन्टि ईस्नेक भेनम २२ वटा लगाईएको थियोे ।

उपचार केन्द्रमा डा. सहितको विशेषज्ञ टोलिको २४ औं घण्टा तैनाथ अवस्थामा राखिएको छ । सर्पले टोकेको बिरामीलाई भेन्टिनेटरमा राख्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले १ महिना भित्रमा २ वटा भेन्टिनेटर राक्ने पहल कदमी गरि रहेको समेत अध्यक्ष आलमले बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)