हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

‘ओलीको डम्पिङ साइटमा मिल्किने पालो अब माधव नेपालको !’

नेकपा एमालेमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमतीको मिलनविन्दु खोजी भइरहेका बेला लेखक खगेन्द्र संग्रौलाले ओलीले नेपाललाई डम्पिङ साइटमा मिल्काउने दाबी गरेका छन्।

Advertisement

सामाजिक सञ्जालमार्फत् संग्रौलाले प्रचण्डलाई जस्तै ओलीले अब नेपाललाई पनि डम्पिङ साइटमा मिल्काउने दाबी गरेका हुन्। एमाले कार्यदल दुई पक्षबीच सहमतिको मस्यौदा तयार गर्ने अन्तिम तयारीमा छ। दुबै पक्षले सम्मान महसुस गर्नेगरी पद बाँडफाँडसहितको सहमति प्याकेजमै गर्ने तयारी कार्यदलले गरिरहेको छ। तर, लेखक संग्रौलाले भने यसलाई ओलीको झुक्याउने चालको रुपमा संकेत गरेका छन्।

Advertisement
‘एमालेमा पुष्पकमलपछि पुष्पकमलकै खोजी चलिराछ। ओली सरले पुष्पकमललाई नक्कली नेकपाभित्र हुलेर तिनको शक्ति र छविलाई ध्वस्त पारेर इतिहासको डम्पिङ साइटमा मिल्काइदिए,’ संग्रौलाले शनिबार बिहान ट्वीट गर्दै भनेका छन्, ‘पुष्पकमलको सट्टाभर्ना भएर त्यसै गरी ध्वस्त पारिने र इतिहासको डम्पिङ साइटमा मिल्किने पालो अब माधव नेपालको आएछ क्यार!’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)