हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त,

प्रदेश नम्बर १ को मुख्यमन्त्री शेरधन राईले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज(बिहीबार) शेरधन राईले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

Advertisement

राईले राजीनामा दिएसँगै प्रदेश १ को मुख्य मन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका थिए ।

Advertisement
नेकपा एमालेको सचिव समेत रहेका आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो । केपी ओलीका पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि उनले राजीनामा दिएका हुन् । प्रदेश १ को कुल सांसद संख्या ९३ रहेको जसमा नेकपा एमालेसँग ५१ सांसद छन् । प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)