हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेस महाधिवेशनको तालिका फेरि परिवर्तन हुने !

नेपाली कांग्रेस 

 बिनोद कुमार दाहाल : हल्दिवारी –कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो सहमति गरेको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘दशैं अगाडि पालिका तहको अधिवेशन मात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’
यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ । ‘९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्व निर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।’ कांग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)