राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छन्।

बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएकी हुन्।कमलपोखरीमा अर्घ्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन्। छठ पर्वको मुख्य दिन बुधबार (आज) अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ।

ब्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन्।श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैं सिंगारिएका छन्।
जनकपुरका पोखरी अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ।खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन्। ब्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ।