हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली नागरिक पार्टी भद्रपुर बडा समिति गठन

 कमला भट्टराई – न्यूज डेक्स चन्द्रगढी कार्तिक २४- नेपाली नागरिक पार्टी भद्रपुर नगर पालिका बडा नं.४मा बडा समिति गठन गरिएको छ।

Advertisement

पार्टी भद्रपुर बडा नं.४ बडा समिति लाल बहादुर गौली क्षेत्रीको संयोजकत्बमा ११ सदस्यीय समिति गठन गरिएको छ। उक्त पांर्टी बडा स्तरीय भेलामा पार्टी केन्द्रिय अध्यक्ष रामचन्द्र बानिया क्षेत्रोंको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा पार्टी केन्द्रिय महासचिब तथा पार्टी झापा जिल्ला अध्यक्ष देवेन्द्र किशोर ढुंगाना ,जिल्ला सदस्य कमला भट्टराई लगायतको उपस्थिति थियो।

Advertisement

भेलालाई सम्बोधन गर्दै पार्टी केंन्द्रिय अध्यक्ष क्षेत्रीले बर्तमान राज्य सत्ता देश र नेपाली नागरिकको पक्षमा नरहेकोले देशमा राजनीतिक संकटको कारण संबिधान असफल बन्दै गएको बताए।

उनले भने अब बृहत्तर राष्ट्रिय हितमा संबिधान संशोधन सभा मार्फत संबिधानमा सुधार गरेर सनातन हिन्दूराष्ट्र नेपालको घोषणा सहित सबै खाले संबिधानमा रहेका बिमतिहरुको समाधान गर्नका लागि परिवर्तनकारी देशभक्त राष्ट्रवादी शक्तिहरु एक ढिक्का हुनुको बिकल्प छैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)