गोप्य सुचनाको आधारमा रातो भाले होटल एण्ड लजको दोस्रो तलाबाट ६ जना यस्तो अवस्थामा प्रकाउ

२४ कात्तिक । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

बिदुर नगरपालिका-४ बट्टारस्थित लिखु गाउँपालिका-४ घर भएका ४४ वर्षीय राम शाहको रातो भाले होटल एण्ड लजको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा शाह समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्ररहीले निजहरुको साथबाट नगद ५८ हजार ७ सय १० रुपैयाँ र १ बुक तास समेत बरामत गरेको छ ।