झापा,२६ कात्तिक । नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले सरकारले गरेको चर्को मूल्यवृद्धिको बिरुद्ध झापा सदरमुकाम चन्द्रगढिमा मसाल जुलुस सहितको प्रदर्शन गरेको छ । हिजो २५ गते बिहिवार पनि दमक र मेचीनगरमा टायर बालेर बिरोध प्रदर्शन गरेको नेकपाले आज राँको बालेर प्रदर्शन गरेको हो ।
आज साँझ सदरमुकाम चन्द्रगढी स्थित श्री विरेन्द्र माविकाे गेटबाट सुरू भएको मसाल जुलुस सहितको र्यालि बजार परिक्रमा गर्दै लेखनाथ चोकमा गएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका सचिव प्रशान्तले यो सत्ता र संसदीय व्यवस्थाले जनताको खुसी नचाहने उल्लेख गर्दै दलाल राज्यसत्ताका बिरुद्ध सशक्त संघर्षमा उत्रन अपिल गरे । जनताको चुलो बल्ने अवस्था समेत नरहेको र महँगीका कारण जनता मारमा परेका बेला सहुलियत दिनुपर्ने बेला झनै सरकारले हरेक उपभोग्य वस्तुको समेत मुल्य वृद्धि गरेको भन्दै यसका बिरुद्ध नेपाल कम्युनिस्ट पार्टीले सशक्त प्रतिरोध गर्ने चेतावनी दिए।
मसाल जुलुस सहितको र्यालिमा उपस्थित नेताकार्यकर्ताले चर्को मूल्यवृद्धिको बिरुद्ध नाराबाजी समेत गरेका थिए। पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर , दलाल सरकार मुर्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद , जनमतसंग्रहकाे घोषणा गर लगायतका नाराबाजी गरेका थिए।
महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए। महासचिव विप्लवले जारी गरेको विज्ञप्ति अनुसार कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मशाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू रहेका छन्,।
Views: 242