हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

टी-२० विश्वकपको उत्कृष्ट खेलाडी बने अष्ट्रेलियाका डेभिड वार्नर

डेभिड वार्नर आईसीसी टी-२० विश्वकप २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । अष्ट्रेलियालाई पहिलो पटक टी-२० विश्वकप जिताउन मद्दतमा गरेका वार्नर उत्कृष्ट खेलाडी घोषित भए ।

Advertisement

वार्नर र मिचेल मार्शको अर्धशतक मद्दतमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो । आइतबार भएको फाइनलमा वार्नरले ५३ रन बनाएका थिए । वार्नरले प्रतियोगिताभर ७ खेल खेल्दा ३ अर्धशतक मदद्तमा २८९ रन बनाएका थिए ।

Advertisement

सर्वाधिक रन बनाउनेमा वार्नर दोस्रो स्थानमा रहे । वार्नरले सुपर १२ मा वेष्ट इन्डिजविरुद्ध अविजित रहेर ८९ रन बनाएका थिए । यस्तै श्रीलंकाविरुद्ध ६५ रन बनाएका थिए । सेमिफाइनलमा पाकिस्तानविरुद्ध अर्धशतक बनाउन एक रनले मात्र चुकेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)