हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

डडेलधुराबाट देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कति पाए मत ?

काठमाडौं, ७ मंसिर- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

Advertisement


गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए । बमकाअनुसार कूल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो ।कांग्रेस विधानको धारा १५ को उपधारा १ ९ग० मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । तर, देउवालाई डडेल्धुराबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराइँदै आइएको छ ।

Advertisement

तर, यसपटक देउवाले पद र सत्ताको दुरुपयोग गरेर गृहजिल्लामा महाधिवेशन गरेको आरोप लाग्दै आएको छ । निवर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन प्रक्रियामा सहभागिता जनाएको छैन । क्रियाशील सदस्यतामा एकलौटी भएको भन्दै मल्ल समूह सहभागी नभएको हो ।

यता, महाधिवेशन प्रतिनिधिमा मतपत्रमा देउवाको नाममा पहिले नै रेजा लगाएर मत दातालाई मत पत्र दिएको आरोप लागेको छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवार कमलसिंह भाटका अनुसार देउवाको नाममा रेजा लगाएर मत पत्र मत दातालाई दिइएको थियो ।महाधिवेशन प्रतिनिधिमा २१ जना उम्मेदवार रहेको बताउँदै उनले भने २१ मा १० जना निर्वाचित हुनुपर्ने थियो । देउवाको नाममा पहिले नै रेजा लागेको थियो ९ जना थप निर्वाचित भए ।

भाट पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका थिए । मत पत्रमा सुरुमा नै रेजा लगाएको कुरा सत्य नभएको निर्वाचन अधिकृत लोकेन्द्र बमले बताए । उनले देउवाको छविमा आँच पुर्‍याउन निराधार आरोप लगाएको बताए ।बम यसअघि पनि विवादमा फसेका थिए । उनले वडा अधिवेशनमा निवर्तमान सभापति मल्ल पक्षसँग छलफल नगरेर एकलौटी अधिवेशन गरेको आरोप लागेको थियो । उनी आर्जु निकट व्यक्तिको रूपमा समेत चिनिन्छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)