राजनीतिमा युवा – वर्तमानको खाँचो । जोश, जाँगर एवम् रचनात्मक सोचका साथ हरदम केही नयाँ र केही फरक काम गरौं भन्ने हुट्हुटी । समाज र राष्ट्रहितका लागि निरन्तर पहल गर्न उद्यत युवा वर्ग नै वस्तुतः राजनीतिका अभियन्ता बन्नुपर्ने समयको माग । र, आजका दिनमा युवा वर्ग नै नेपाली राजनीतिका विश्वस्त अभियन्ता बन्न सक्छन् ।
यही समयसन्दर्भमा सुदूर पूर्वी झापा जिल्लामा पनि युवाहरूको राजनीतिमा सहभागिता बढ्दै गएको पाइँदैछ । र, युवा पंक्तिको त्यही समूहमा राजनीतिको सिँढी चढ्दै गरेका एक जागरुक एवम सक्रिय युवा नवीन विमली यतिबेला आफ्नो जबर्जस्त उपस्थिति दर्ज गर्दैछन् ।
२०५७ सालमा १८ वर्षको उमेरमा मेची बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघको इकाई सदस्य भएर विद्यार्थी राजनीतिमा पाइला टेकेका नवीन त्यसपछि सहसचिव, सचिव, सभापति हुँदै क्षेत्रीय सचिव र सभापति, झापा जिल्ला सचिव र ५ वर्ष जिल्ला सभापति रहेर निरन्तर नेतृत्व क्षमतामा आफूलाई काबिल सावित गरिसकेका छन् ।
त्यसयता २०६२-’६३ को लोकतान्त्रिक आन्दोलनमा होमिएका उनी कैयौं पटक थुनामा पनि परे । जस्तोसुकै असहज परिस्थितिमा पनि निडर भएर राजनीतिक मोर्चामा डट्नु उनको हक्की स्वभावको परिचय बनेको छ । आजसम्मको त्यही निरन्तरता, सहभागिता र संघर्षले उनको छवि निर्माण गरेको छ । राजनीतिक संघर्षबाट पछि नहट्ने र त्यसलाई परिमाणमुखी बनाउन लागिपर्ने उनको हक्की स्वभावले जिल्लाको कांग्रेस राजनीतिमा उनीलाई फरक पहिचान दिंदै परिचित गराइरहेको छ ।
यही मंसीर ६ गते सम्पन्न नेकांको महाधिवेशन प्रतिनिधि समेतमा निर्वाचित नवीन भन्छन्– ‘मेरो अबको लक्ष्य भनेको पार्टीको जिल्ला सचिवमा उम्मेदवार बन्ने हो ।’
आजसम्मको राजनीतिक यात्रामा आफ्ना कुरा सोझो, दृढता र परिपक्व किसिमले राख्ने उनी राजनीतिमा अक्सर देखिने लप्पनछप्पन, चाकडी–चुक्ली र अर्काको बद्ख्वाइँ गरेर आफू मपाईं बन्न खोज्ने शैली विरुद्ध छ ।
उनले  अहिलेसम्म आफ्नै बलबुतामा संघर्षमा होमिएरै यहाँसम्मको राजनीतिक यात्रा तय गरेका छन् ।
अबका दिनमा आफ्नो लक्ष्य महामानव राजनेता कांग्रेसका संस्थापक बीपी कोइरालाको राजनीतिक दर्शनलाई मूलमन्त्र मानेर व्यावहारिक राजनीतिमा जोडिने रहेको बताउने युवा राजनीतिकर्मी नवीन ‘पार्टीमा पुरानो पुस्ताको योगदान र अनुभवलाई मार्गदर्शन मानेर नयाँ पुस्तालाई राजनीतिमा युगसापेक्ष रूपान्तरणमा दत्तचित्त हुने सोचमा आफू रहेको’ बताउँछन् ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार