हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जंगली हात्तीको आक्रमणबाट झापामा मगरको मृत्यु

हल्दिवारी :  जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका-१४ शनिबारेमा एकजनाको मृत्यु भएको छ।

Advertisement

Advertisement

शुक्रबार बिहान साढे ६ बजे शनिबारेमा टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा भद्रपुर नगरपालिका-९ का ६० वर्षीय रामबहादुर बुर्जा मगरलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)