समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली काँग्रेसमा आज मनोनयन दर्ता, कुन पदमा कति जना निर्वाचित हुन्छन् ?

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि निर्वाचित समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ  । 

जसअनुसार आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय भएको छ भने आवश्यक सबै प्रक्रिया पुरा गरेर २७ गते बिहान ८ बजेदेखि मतदान हुनेछ । काँग्रेसको महाधिवेशन अन्तरगत शुक्रबार उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ।  

निर्वाचनबाट काँग्रेसमा १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ । कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ । 

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यक बाट १, अपाङ्बाट १ सदस्य  निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article