समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सक्रिय राजनीतिबाट किन् बाहिरिए कांग्रेस नेता सिटौला

नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पदमा बसेर मात्र राजनीति गर्न सकिन्छ भन्ने मान्यता गलत रहेको बताएका  छन्  ।

Advertisement

आज  पार्टी सभापति शेरबहादुर देउवासँगै १४ औं महाधिवेशन आयोजना स्थलमा आएका सिटौलाले आफूले  कुनै पनि पदमा उम्मेदवार नदिएको प्रस्ट पार्दै सक्रिय राजनीतिबाट आफू बाहिरिएको बताएका हुन्  ।

Advertisement

 

सिटौलाले  युवालाई अघि सार्ने आफ्नो नीतिअनुसारनै प्रदिप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएको जानकारी दिए । उनले आफू सक्रिय राजनीतिमा नरहे पनि काँग्रेसलाई सही बाटोमा लैजान हरसम्भव योगदान गर्न तयार रहेको समेत पत्रकारहरुसंगको कुराकानीमा  बताए ।

 

१३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौला १४ औं महाधिवेशनमा भने चुनावी दौडबाट आफूलाई अलग राखेका छन्सिटौलाले  सभापतिमा देउवालाई समर्थन गर्दै देउवाकै टिमबाट महामन्त्रीमा आफू पक्षीय युवा नेता प्रदिप पौडेललाई उम्मेदवार बनाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article