समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बेको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना भइरहेको छ ।बिहीबार साँझ महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।जसअन्तर्गत आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा एक हजार मत गणना भएको छ ।

Advertisement

 भीष्मराज आङ्देम्बेले लिएको अग्रता कायमै राखेका छन् । उनले १६६० र विकास लामाले ११६९ मत ल्याएका छन् ।

Advertisement

यस्तै, महिला क्लस्टरमा महालक्ष्मी उपाध्याय ‘डिना’ र  कमला पन्त उम्मेदवार छिन् ।दलित क्लस्टरको सहमहामन्त्रीमा  मानबहादुर विश्वकर्मा र  जीवन परिवार त्यस्तै गंगा सुनार उम्मेदवार छन् ।  अन्य सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुनेछ ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article