नेपाली कांग्रेसको थारूतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी भएका छन् । आज ९शुक्रबार०पार्टी कार्यालय सानेपामा भएको मतगणनाको मतपरिणामअनुसार शेखर कोइराला पक्षका तेजुलाल चौधरीलाई पराजित गर्दै उमाकान्त सहमहामन्त्रीमा विजयी भएका हुन् ।

उमाकान्तले २५५६ मत ल्याउदा तेजुलालले १८७७ मत पाएका छन् । चौधरी देउवा समूहबाट उम्मेदवार बनेका हुन् । चौधरी देउवा नेतृत्व सरकारको खानेपानीमन्त्री हुन् ।

त्यस्तै नेपाली कांग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन् भने खस(आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर र मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी भएका छन् ।।