हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री शेरबहादर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा यही पौषको अन्तिम सातामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।

Advertisement

जाने मिति तय नभएपनि भ्रमण जाने निश्चित भएपछि भ्रमणका लागि तयारी गरिएको विशेष स्रोतले जनाएको छ । भ्रमणको तयारीका लागि नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि दिल्ली रहेका छन् ।

Advertisement

पार्टीको सभापतिमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका देउवाको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । एमसीसी पास गर्ने विषयमा सत्तागठवन्धनमा सहमति नहुनु र देउवा भारत भ्रमणमा जानुलाई महत्व र चासोको रुपमा लिइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)