हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

निर्मल निवासको नाङ्गो हस्तक्षेपबारे छानबिन गर्नुपर्छ :- अध्यक्ष आचार्य

राप्रपा सुनसरी क्षेत्र नम्बर १ को अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा बसेको संयुक्त बैठक( प्रदेश सभा निर्बाचन क्षेत्र १ क र धरान उपमहानगरपालिकाले हालै सम्पन्न भएको केन्द्रिय अधिबेशनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप बारे पार्टीले तत्काल छानबिन गर्नुपर्ने निर्णय गरेका छन् ।
निर्मल निवासको नाङ्गो हस्तक्षेप बारे असहमति देखाउदै क्षेत्रीय अध्यक्ष आचार्य, प्रदेश सभा निर्वाचन क्षेत्र १ क का अध्यक्ष जुद्द बहादुर लोहनी र धरान उपमहानगरपालिकाका नगर अध्यक्ष नवीन पराजुलीले सयुक्तरुपमा छानबिन गरि निर्णय निकाल्न केन्द्रिय कार्यसमितिलाइ ध्यानाकर्षण पत्र पठाएका छन् ।
क्षेत्रीय अध्यक्ष आचार्यले राजा मान्ने पार्टी भित्रै निर्मल निवासको नाङ्गो हस्तक्षेप हुनु दुर्भाग्य रहेको बताए ।
ध्यानाकर्षण पत्रमा ”
उपरोक्त विषयमा मिति २०७८/०९/१९ गते १ नम्बर क्षेत्रीय कार्य समिती सुनसरीका अध्यक्ष श्री दिनेश आचार्यको अध्यक्षतामा बसेको प्रदेश सभा १(क) क्षेत्रीय समिती र धरान उप म.न .पा कार्य समितिको संयुक्त बैठकले हालै सम्पन्न भएको एकता महाधिवेशनमा निर्मल निवासले खेलेको भुमिका प्रति निबर्तमान पार्टी अध्यक्ष श्री कमल थापा ज्युले असहमती जनाउदै दिएको निवेदन
उपर केन्द्रिय समितिले आवश्यक सत्यतथ्य बुझी यथार्थ ब्यहोरा जनमानस सार्बजनिक गर्न गराउन केन्द्रिय कार्य समितीलाई ध्यानाकर्षण गराउने निर्णय सर्बसम्मतबाट निर्णय भएकोले,जानकरिका लागि सादर अनुरोध गर्दैछौं । “लेखिएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)