हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अनुमति बिना अनलाइन र नेटवर्किङ व्यवसाय गरे कारबाही

काठमाडौँ । गृह मन्त्रालयले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रवार गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् ।

Advertisement

गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने जानकारी दिँदै मन्त्रालयले भनेका छ–‘इजाजत प्राप्त बाहेक गैर कानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)