हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाली शान्ति सैनिकको कामको सराहना

काठमाडौँ, २ माघ –  संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत मुलुक सेन्ट्रल अफ्रिकन कारमा शान्ति स्थापनाका लागि तैनाथ जबरजङ्ग गण तेस्रो डफ्फाले जिम्मेवारी क्षेत्र गरेको सहासिक कामको सराहना गरेको छ ।

Advertisement

गत मङ्सिर २७ देखि ९ देखि हालसम्म सञ्चालन भइरहेको गस्ती खोजी कार्यमा हतियारधारी समूहलाई नेपाली सैनिकले आफ्नो कार्यक्षेत्रबाट हटाउन सफल भएकोमा उक्त कार्यको सराहना गर्दै राष्ट्रङ्घका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Advertisement

कारमा तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डले हतियार धारिलाई हटाउँदै स्थानीयको सुरक्षाका लागि प्रभावकारी काम गरेको भनी योगदानको उच्च मूल्याङकन गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)