हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीका अति विपन्न ४७ परिवारलाई सिरक बितरण

देविका अधिकारी ,जलथल । पाथीभरा कालीका सामुदायिक वन उपभोक्ता समूह हल्दिवारी ४ ले आफ्ना विपन्न वर्गका ४७ घर परिवार उपभोक्ताहरुलाई फाइवर सिरक वितरण गरेको छ ।

Advertisement

समूहका अध्यक्ष चिरञ्जिवी पौडेलको सभापतित्वमा भएको कार्यक्रममा हल्दिवारी गाउपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो भने ४ नं वडासदस्य केदार उप्रेती, फरेस्ट एक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराई, प्रेस कल्ब हल्दिवारीका अध्यक्ष नेत्रविक्रम विमली लगायत अतिथि रहनुभएको थियो ।

Advertisement

कार्यक्रममा वोल्दै वडासदस्य उप्रेतीले जाडोकोे समयमा केही मात्रामा भएपनि जिवनयापन सहज होस भनेर यो कार्य गरेकोमा समूहलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथि लिङदेनले दिनदिनै चिसो बढेको साथै कोभिडको कारण आर्थिक अवस्था प्राय सवैको खसकेको वेला यो समयमा सवैले आफ्नो क्षेत्रवाट सकेको सहयोग गर्नुपर्ने धारणा राख्दै समूहले विपन्न वर्ग लक्षित गरेर कार्य गरेकोमा खुसी व्यत गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजनामा नै गरिबीन्यूनीकरणमा खर्च गर्नेैपर्ने नियम रहेको छ । प्रत्येक बर्ष विपन्न लक्षित विभिन्न कार्यक्रम गर्दै आएकोमा यसपटक साधरणसभावाट पारित गरेर कार्ययोजनामा समपन्नता स्तरीकरण गर्दा अति विपन्न वर्गमा परेका घरधुरी मध्ये ४७ घरधुरी उपभोतक्तालाई सिरक दिएको वन समूहका अध्यक्ष पौडेलले बताउनुभयो । मनिता गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समूहकी सचिव भावना मैनालीले गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)