हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा १३९ किसानलाई कृषि औजार हस्तान्तरण

हल्दिवारी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक बर्ष २०७८/७९ को बजेट मार्फत छुट्याएको कृषि औंजार वडा अध्यक्ष होम प्रसाद चुडालको प्रमुख आतिथ्यतामा किसानलाई आज आइतबार हस्तान्तरण गरेको छ ।

Advertisement

वडा कार्यालय र किसानको ५०/ ५० प्रतिशात लागत साझेदारी कार्यक्रम अन्तर्गत बिधुतिय कुटी काट्ने मेसिन ४५ जनालाई, मकै छोडाउने मेसिन २२ जना जनालाई, बिधुतिय स्प्रे ट्याङ्की २७ जनालाई, मकै रोप्ने मेसिन २० जनालाई र फोहोर फाल्ने १ चक्के पुस्कट २५ जनालाई हस्तान्तरण गरिएको छ।

Advertisement

वडा सदस्य तथा कृषि तथा पशु शाखा संयोजक केदार प्रसाद उप्रेतीको सभापतित्वमा भएको कृषि औंजार हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि होम प्रसाद चुडाल , वडा सदस्य महेशलाल मेचे लगायतले मन्तव्य राख्नु भएको थियोे । उक्त हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य गितादेवी तिम्सिना ,वडा सदस्य पवित्रा सेन्चुरी ,प्रेस क्लब हल्दिवारीका अध्यक्ष नेत्र बिक्रम बिमलीको उपस्थित रहेको थियोे ।

वडा नम्बर ४ का वडा सचीव जय प्रसाद पोख्रेलले सहजीकरण गर्नु भएको कृषि औजार हस्तान्तरण कार्यक्रममा बजेटको ३५ प्रतिशत खर्च कृषिमा खर्च गरिएको बताईएको थियोे । उक्त कृषि औजारमा किसानको ५० प्रतिशत लगानी रहेको छ भने वडाले ५० प्रतिशत ( १२ लाख ) बराबरको खर्च गरेको वडा कार्यालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)