हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

टेलिकमको तार चोरी गर्ने पाँच जना पक्राउ

काठमाडौँ, १० माघ -नेपाल प्रहरीले टेलिकमको तार चोरी गर्ने पाँचलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–६ लोलाङ हाइटस्थित पोलमा राखिँदै गरेको तार चोरी गर्ने पाँचलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बझाङका २३ वर्षीय प्रेमबहादुर बोहरा, कैलालीका २५ वर्षीय नमेश बुढा, कैलालीका २४ वर्षीय गोविन्द साउद, काभ्रेपलाञ्चोकका ३० वर्षीय प्रविन कार्की र गोरखाका १८ वर्षीय एक किशोर रहेका छन् ।

Advertisement

उक्त स्थानमा टेलिकमको तार चोरी भएको सूचनाका आधारमा धर्मस्थली र बालाजुबाट खटिएको टोलीले प्रदेश नम्बर ३ –०१–०२३ च.४३०१ नम्बरको हात्ति गाडी जङ्गलतर्फ गइरहेको अवस्थामा उनीहरुलाई टेलिकमको तारसहित पक्राउ गरिएको हो ।

Advertisement

प्रहरीले उनीहरुसँग तार काट्न प्रयोग गरिएको विभिन्न औजारहरु र एक हजार ४०० मीटर कालो टेलिफोनको तार बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)