जलथल । हल्दिवारी गाउँपालिका भित्रका विद्यार्थीहरुलाई हिजोआज गरि २८४५ डोज मोर्डना खोप लगाईएको स्वास्थ्य शाखाले जनाएको छ।
स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार १२ बर्ष देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने तालिका अनुसार हिजो पहिलो दिन १५२१ र आज दोस्रो दिन १३४१ जनालाई कोरोना विरुद्धको मोर्डना खोप लगाईएको हो ।
गाउँपालिका भित्रका सबै मावि तथा आविमा खोप लगाउने व्यवस्था मिलाईएको र भोलि पनि खोप लगाउने कार्य जारी रहेको स्वास्थ प्रमुख निरौलाले बताउनु भयो ।
हल्दिवारीका करिब ४ हजार बालबालिकालाई खोप लगाउने व्यवस्था मिलाईएकोमा २ दिनमा २८ सय ४५ जनाले मोर्डना खोपको पहिलो डोज लगाएका छ्न ।
उनका अनुसार खोप लगाउन छुटेका १२ देखि १७ बर्ष उमेर समुहका बालबालिकालाई प्रत्येक वडामा रहेको स्वास्थ शाखाबाट पछि खोप लगाउने व्यवस्था समेत मिलाईएको छ ।
विद्यालय नजाने बालबालिकालाई समेत खोप लगाउने व्यवस्था मिलाइएको र आफुलाई पाएक पर्ने स्वास्थ केन्द्रमा गएर खोप लगाउन सकिने समेत प्रमुख निरौलाले बताउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















