समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाको ११ औं गाउँसभा आजबाट शुरु ,

जलथल ,२४ माघ । हल्दिवारी गाउँपालिकाको ११ औं गाउँ सभा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको अध्यक्षतामा आजबाट शुरु भएको छ ।

 

गाउँ पालिकाको अन्तिम गाउँसभाको रूपमा हेरिएको सभाले ५ वटा विधेयकलाई प्रस्तृत गर्दै २७ गते बस्ने सभाबाट छ्लफल अगाडि बडाउने निर्णय गरेको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालका अनुसार वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक -२०७८, हल्दिवारी गाउँपालिका स्थानीय तह कर्मचारी व्यवस्थापन ( सेवा सम्बन्धमा ) -२०७८ , हल्दिवारी गाउँपालिका कृषि तथा पशुपक्षि विधेयक -२०७८ ,हल्दिवारी गाउँपालिका खानेपानी ,सरसफाइ र स्वच्छ्ता विधेयक -२०७८, हल्दिवारी गाउँपालिकाको बजार अनुगमन निर्देशिका -२०७८ तथा हल्दिवारी गाउँपालिका भुमि विधेयक २०७८ लाई सभामा प्रस्तृत गरिएको छ ।

प्रमुख दाहालका अनुसार हल्दिवारी गाउँ पालिकालाई समग्र रूपमा हेर्ने हो भने झापाका स्थानीय तहहरुमा बिकास निर्माण ,शिक्षा ,स्वास्थ लगायतको क्षेत्रमा काम गर्ने पहिलो स्थानीय तह हो । गाउँपालिका ८५ प्रतिशत योजनाहरु पूरा भइ सकेका छन भने केही योजना हरु अन्तिम चरणमा रहेको समेत प्रमुख दाहालले बताउनु भएको छ ।

गाउँपालिका भवनमा गाउँ पालिका फाल्गुनको पहिलो साता सर्ने योजनाको साथ काम भइ रहेको छ भने ,अरु योजना समेत बैशाख सम्ममा सक्ने गतिले काम भएको प्रमुख दाहालले बताउनु भयो ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)