जलथल – झापा,२७ माघ । हल्दिवारी गाउँपालिकाले आफ्ना सर्वोकृस्ट र उत्कृष्ट काम गर्ने ८ कर्मचारीलाई आज ११ औं गाउँ सभाको समापन कार्यक्रममा संमान गरेको छ ।
हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन , उपाध्यक्ष डम्बरबहादुर गरि र प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहालले सम्मानित हुनेहरूलाई नगद ,खादा र प्रमाणपत्र वितरण गर्दै संमान गरेका हुन ।

सम्मानित हुनेमा सूचना प्रविधि अधिकृत सुशील कडरिया नगद ३५ हजार सहित सर्वोकृस्ट ( आ. व.०७६/०७७ , त्यस्तै स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला ( आ . व.२०७७/७८ ) नगद २५ हजार सहित रहेका छ्न ।
त्यस्तै उत्कृष्ट सम्मानित हुनेमा मित्र बहादुर तिम्सिना ,निलम चौधरी, विक्रम राजवन्सी , सुरज पोख्रेल , संगीता मेचे र भुवन राजवन्सी रहेको गाउँ पालिका सूचना अधिकारी राजन न्यौपानेले बताउनु भयो ।
सूचना अधिकारी न्यौपानेका अनुसार उत्कृष्ट सम्मानित हुनेलाई २५ हजार नगद सहित संमान गरिएको छ ।
