काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)को वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ ।फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल दुई स्थान माथि उक्लिएको हो ।

नयाँ वरियताअनुसार नेपाल १६७ स्थानमा रहेके छ । यसअघि नेपाल १६९ स्थानमा थियो । नेपालको अंक ९८२ दशमलब २२ रहेको छ ।भारत भने १०४ स्थानमै यथावत छ । दक्षिण एसियामा भारत पहिलो स्थानमा छ । भारतपछि माल्दिभ्स १५७ औँ स्थानमा रहेको छ । त्यसपछि तेस्रो स्थानमा नेपाल रहेको छ ।

नेपालपछि भुटान १८५ र १८६ औँ स्थानमा बंगलादेश रहेका छन् । १९७ औँ स्थानमा पाकिस्तान र २०४ औँ स्थानमा श्रीलंका रहेको छ । श्रीलंका अन्तिम स्थानमा रहेको हो ।

नेपालले यसै महिना अफ्रिकी राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । घरेलु मैदानमा नेपालले दुवै खेल जितेको थियो । यससँगै नेपालको वरियातामा सुधार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार