गोलधाप १० माघ । हल्दिवारी गाउँ शिक्षा समितिको आयोजना आयोजना गरिएको दोस्रो अन्तर विद्यालय स्तरीय अध्यक्ष तथा उपाध्यक्षकप खेलकुद प्रतियोगिता संविधान सभा सदस्य मोहन टुडु र प्रदेश सभा सदस्य वसन्त बानियाबाट सयुक्त रुपमा उद्घाटन भएको छ ।

उदघाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संविधान सभा सदस्य मोहन टुडुले संविधानले दिएको म्यानुट अनुसार सघ,प्रदेश र स्थानीय तहले काम गरिरहेकोले र संतोषजनक नभएको औल्याउँदै जनप्रतिनिधिहरुले इमानदारीका साथ काम गर्नु पर्ने बताउनु भएको छ। बिकास निर्माणका कामहरू सबै राजनैतिक दलहरू मिलेर गर्नु पर्नेमा जोड दिनु भएको छ । समृद्धि र बिकासको काममा सरकार अगाडि बडेको जिकिर गर्दै सदस्य टुडुले भोलिका देस हाक्ने युवाहरु भएकोले अनुसासित रूपमा अगाडि बड्नु पर्नेमा जोड समेत दिनु भएको छ ।

त्यस्तै प्रदेश सभा सदस्य वसन्त बानियाले आफ्नो मन्तव्य राख्दै भोलि देश बनाउने विद्यार्थी नै भएको बताउदै शिक्षा लाई जोड दिन संबंधित निकायलाई जोडदिनु भयो । स्वास्थ ,शिक्षा ,पर्यटन ,कृषि जस्ता आधारभुत कुरालाई जनप्रतिनिधिहरुले प्राथमिकताका साथ लिनु पर्ने बानियाको भनाई थियो । नैतिकवान बनेर जनताका काम जनप्रतिनिधि हरुले गर्न उहाको सुझाव थियोे ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै हल्दिवारि गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले व्यक्तितब बिकास गर्न गाउँ पालिकाले खेलकुदमा ठुलो लगानु गरेको प्रष्ट पार्नु भयो । खेलको बिकास गर्न गाउँपालिकाले खेल शिक्षकको समेत व्यवस्था गरि कार्यक्रम अगाडि बडाएको हुदा गाउँ पालिकाको लगानी खेर नजानेमा प्रष्ट पार्नु भयो ।

उदघाटन कार्यक्रममा कार्यक्रमको औचित्य माथी उपाध्यक्ष डम्बर बहादुर गिरिले प्रष्ट पार्नु भएको थियोे भने स्वागत वडा अध्यक्ष शिक्षा समिति सदस्य रोषन सिवाकोटीले गर्नु भएको थियो ।

विभिन्न सास्कृतिक कार्यक्रम सहित आयोजना गरिएको कार्यक्रममा रास्टिय खेलाडी १३ औं साफमा कवडिमा रजत बिजेता अनुजा राई र बक्सिङमा कास्य पदक बिजेता हल्दिवारीका २ जनालाई नगद ११/११ हजार सहित सम्मान गरिएको थियोे ।

उदघाटन कार्यक्रमको सहजीकरण शिक्षा समिति सदस्य तथा चिल्ड्रेन गार्डेन अङ्ग्रेजी स्कुलका पृन्सिपल दुर्गा प्रसाद गौतमले गर्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार