समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

पछिल्लाे २४ घण्टामा थप २०३ जनामा काेराेना संक्रमण

हल्दिबारी, २८ भदाै । पछिल्लाे २४ घण्टामा थप दुई सय तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।

Advertisement

संकलित नमूनामध्ये १३ सयलाई आरटी पिसीआर र तीन हजार सात सय ५९ नमूना एन्टीजेनबाट परीक्षण गरिएकाे थियाे । त्यसमध्ये ८७ जनामा पिसीआरबाट र ११६ जनामा एन्टीजेनबाट संक्रमण देखिएकाे थियाे ।

Advertisement

नेपालमा हालसम्म काेराेना निकाे हुनेकाे संख्या नाै लाख ८४ हजार सात सय १० पुगेकाे छ भने हाल २२ सय ३२ जना संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ । यस्तै काेराेना संक्रमणबाट १२ सय १५ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article