काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र विधिमात्रै नभएर संस्कृति पनि भएको बताएका छन् । ‘नेपालमा लोकतन्त्रमाथि चुनौती र अगाडीको बाटो’ विषयक अन्तक्र्रियामा कार्यक्रममा प्रवक्ता शर्माले लोकतन्त्र विधि अनुसार चल्नुपर्ने बताए ।

सरकारले पछिल्लो समय अगाडि सारेका विधेयकले लोकतन्त्र नै खतरामा परेको बताउँदै शर्माले भने, ‘मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, गुठी विधेयक जसरी सरकारले ल्याएको छ । त्यसले लोकतन्त्रमा खतरा छ । बुढीगण्डकी नेपालले नै बनाउने भनेर डिजेल, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँका दरले लिने तर चिनियाँ गेजुवा कम्पनीलाई दिने ? यस्तो अपारदर्शीताले खतरा छ ।’

शर्माले संविधानको दायरा बढाउन गम्भीरता देखाउनुपर्ने र नभए लोकतन्त्रलाई नै त्यसले खतरा गर्ने बताए । उनले युवाहरुर्लाइ व्यवसायिक बन्न पनि आग्रह गरे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार