हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

रोजगारीका लागि दक्षिण कोरिया जानेहरूको स्वास्थ्य परीक्षण

मध्यपुर थिमी-नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा बुधबार दक्षिण कोरियामा रोजगारीका लागि जानेहरूको स्वास्थ्य परीक्षणका लागि लामबद्ध युवा । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

Advertisement

यो पनि:चिसोले धारामै हिउँ जम्न थाल्यो- हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो ।

Advertisement

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ । सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ । बाल्टिनलगायत अन्य भाँडामा जम्मा गरेर राखेको पानीसमेत जमेर हिउँमा परिणत हुन थालेको सिमकोटका स्थानीयवासी माया लामाले बताउनुभयो । दिउँसो घाम लागेपछि मात्रै जमेको हिउँ पग्लिने गरेको छ ।

यस्तै उत्तरी चीनको सीमानाका हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी बस्दै आएका छन् । चिसो बढ्दै गएपछि हिल्सा प्रहरीचौकीका सुरक्षाकर्मी यसअघि नै सदरमुकाम फिर्ता भएका थिए भने सशस्त्र प्रहरी मात्रै सीमा सुरक्षामा रहँदै आएका छन् । मङ्सिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरीचौकी जिल्ला सदरमुकामतिर सर्ने गर्दछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)