हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

शपथ ग्रहणलगत्तै गगन थापाले राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठाए

कांग्रेस महामन्त्रीसमेत गगनकुमार थापाले राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका छन् ।नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् ।

Advertisement

सार्वभौम सम्पन्न संसदले पास गरेर पठाएका विधेयकलाई राष्ट्रपतिले आफ्नो मनको आधारमा ठिक वा बेठिक भन्नु सदनको अधिकार खोसिएको हुने भन्दै थापाले राष्ट्रपतिको भूमिकाबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् । संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेकी छन् ।

Advertisement

हालै सरकारले पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपति भण्डारीले रोकेकी छन् । नागरिकता विधेयकबारे संसदमा छलफल हुनुपर्ने बताउँदै उनले राष्ट्रपतिलाई दिएको भूमिकाबारे पनि छलफल हुनुपर्ने बताएका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)