नेपालमा शनिबार ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घन्टामा १६९ जनाको पिसिआर परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा देशभर ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९५१ पुगेको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० रहेको मन्त्रालयले शनिबार जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार