हल्दिबारी, १२ माघ । तोरी खेतीको लागि हव मानिएको हल्दिबारी गाउँपालिका वडा नं. २ मा मौरी चराउन मोरङ्गको पथरीबाट ४० घार मौरी पाराखोपी पुर्व चुडामणी पौडेलको खेतमा राखेको देख्न सकिन्छ ।
तोरी उत्पादन र मह उत्पादन गर्न ६२ किलोमिटर टाढा मोरङ्गदेखी मौरी झापाको हल्दिबारी ल्याएको पौडेलले बताए । मौरीको कारण तोरी उत्पादन बढ्ने साथै शुद्ध मह समेत खान पाइने भएकोले स्थानिय तोरी खेती किशान खुसी अनी दंग छन । साविक हल्दिबारी हल्दिबारी गाउँपालिका १,३, ६, ७, र ८ वडा तोरी खेतीको लागि उर्वर भुमी रहेको गाउँ कृषि शाखाले जनाएको छ ।
विगत ४ बष देखी मोरङ्गको पथरी सनिचरे नगरपालिक वडा नं. २ शान्ति चोकका महोन कुमार राई र हर्क बहादुर राईले शुरु गरेको मौरी पालन हाल ८५ घार रहेको र हाल आफुहरु संग ५ क्युइन्टल मह रहेको समेत मोहन कुमार राई ले बताएका छन । स्थानिय हल्दिबारी वासीहरुले आवश्यक मह चाहिएमा सम्पर्क गरी चरण क्षेत्रबाट प्रति के.जि. ८०० का दर ले उपलव्ध गराउने समेत बताएका छन ।
फोटो ः नेत्र विक्रम विमली