हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापाको मुक्तिचाेकमा एक युवाद्वारा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

बिर्तामोड- झापाको बिर्तामोडका एक जना युवाले मंगलवार अपरान्ह मुक्तिचोकमा आत्मदाहको प्रयास गरेका छन् । शरीरमा पेट्रोल खन्याएर विजय चौधरी नामका युवाले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

Advertisement

झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको बताए । प्रहरी र स्थानीयले आगो निभाएर उनलाई अटोमा हालेर हस्पिटल लगेका हुन् । प्रहरीका अनुसार चौधरी झापाको बिर्तामोड–७ का बासिन्दा हुन् । उनको शरीरको पछाडिको भाग जलेको छ । उनको अवस्था सामान्य छ ।

Advertisement

चिकित्सकलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले आत्मदाह प्रयासको कारण खुलिनसकेको बताए । सामान्य बोलिरहेको अवस्थामा मैले भेटेर आएँ, डीएसपी कार्कीले भने, उहाँले धेरै बोल्न मान्नु भएन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)