हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

माओवादी केन्द्रले सम्झियो स्व.गौरीशंकर खड्कालाई

बिर्तामोड । झापा बिर्तामोडको गौरीशंकर खड्का स्मृति प्रतिष्ठानले १२ औं स्मृति दिवस मनाएको छ । प्रतिष्ठानले मंगलबार (आज) गौरीशंकर खड्का (राजेन्द्र) प्रतिष्ठानमा विविध कार्यक्रम गरेर स्व. खड्काको स्मृति दिवस मनाएको हो ।

Advertisement

Advertisement

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम चुडालको अध्यक्षता भएको स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत नेकपा (माओवादी केन्द्र) झापाका संयोजक राजु आचार्यले गरेको कार्यक्रममा प्रमुख अतिथि गजुरेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव राम कार्की (पार्थ), पार्टीका पोलिट ब्यूरो सदस्यलगायतले स्व. गौरीशंकर खड्काको योगदानको चर्चासहित पार्टीको आगामी रणनीतिका बारेका आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रमेश गुरागाईले गरेको पार्टीकी प्रदेश सचिवालय सदस्य कल्पना कार्कीले जानकारी दिइन् । कार्यक्रममा पार्टीका पोलिट ब्यूरो सदस्य धर्मशीला चापागाई, प्रदेश पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी, संविधान सभा सदस्य पूर्णसिंह राजवंशी, प्रदेश सभासद् बन्दना झाँगड, प्रदेश तथा जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)