हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कानून व्यवसायी महिलाहरुको ३० औ राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औं बैठक फाल्गुन १२ गते – १४ गते सम्म हुने

फाल्गुन ०९ । नेपाल बार एशोसिएशनको आयोजनामा वीरगंजमा फाल्गुन १२ गते देखि १४ गते सम्म कानून व्यवसायी महिलाहरुको ३० औ राष्ट्रिय सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषदको ४८ औ बैठक हुने भएको छ । मंगलबार उच्च अदालत परिसरमा आयेजना भएको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम मधेश प्रदेशका संयोजक अधिवक्ता सुधिर कुमार कर्णले मधेश प्रदेशमा कानून व्यवसायी महिलाको उपस्तिथी ज्यादै न्यून भएकोले यो सम्मेलन बाट मधेश प्रदेशमा समेत कानून व्यवसायी महिलालाई पेशा प्रति आकर्शित गर्न र स्थापित गर्न महत्वपुर्ण भूमिका खेल्ने जानकारी दिनु भयो ।

Advertisement

Advertisement

वीरगञ्जमा पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा देशभरिका ७०० भन्दा बढी कानून ब्यवासायी महिला सहभागी हुने अनुमान गरिएको अधिवक्ता कर्णको भनाई छ ।

अधिवक्ता कर्णका अनुसार फाल्गुन १२ बिहान ८ बजे वीरगञ्जको घन्टाघरबाट प्रभातफेरी सुरु भई आदर्शनगर हुदै टाउन हल पार्टी प्यालेस सम्म जाने र सम्मेलनको समुद्घाटन प्रमुख अतिथि सम्माननीय का.मु. प्रधान न्यायाधिशबाट हुनेछ । साथै १२ गते ११ बजे देखि सम्मेलन सुरु भई १३ गते १ बजे वीरगञ्ज घोषणापत्र जारी गरि समापन हुनेछ ।

त्यस्तै फाल्गुन १३ गते १ बजे देखि नेपाल बार एशोसिएसनको ४८ औ केन्द्रीय कार्यकारिणी परिषद्को बैठकको उद्घाटन संघिय कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय धुर्ब बहादुर प्रधानबाट हुने जानकारी दिनु भयो । उक्त कार्यक्रममा अधिराज्यबाट करिब ८०० जाना कानून व्यवसायीहरुको सहभागिता हुनेछ ।
सो परिषदको बैठकमा न्यायालय सुद्रीदिकरणको बिषयमा कानून व्यवसायीको पेशागत दक्षता बृधिको सम्बन्धमा बिधान संसोधनको सम्बन्धमा छलफल हुने अधिवक्ता कर्णले जनाकारी गराउनु भयो । पत्रकार सम्मेलनको संचालन उच्च अदालत बार एशोसिएसन वीरगञ्ज अध्यक्ष अधिवक्ता बिशाल चौधरीले गर्नु भएको थियो भने सो पत्रकार सम्मेलनमा पर्सा जिल्ला अदालत बार एशोसिसनका अध्यक्ष अधिवक्ता कमल मोहन पोखरेल, बरिठ अधिवक्ता दिपक राज भण्डारी, पर्सा बार पुर्व अध्यक्ष अधिवक्ता राजनाथ ठाकुर, उच्च बार वीरगञ्जका सचिव अधिवक्ता बिनोद कुमार मल्लीक, कोषाध्यक्ष अधिवक्त प्रज्ञवल अधिकारी तथा पर्सा बारका सचिव अधिवक्ता मुम्ताज अहमद लगायतको उपस्थिती रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)